Logo
Logo

राष्ट्रियसभाको बैठक बस्दै, यी हुन् सम्भावित कार्यसूची


441
Shares

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ः१५ बजेका लागि बोलाइएको छ ।

आजको बैठकमा राष्ट्रपतिबाट भएको सम्बोधनको प्रति टेबुल गर्ने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराउने, राष्ट्रपतिको सम्बोधनका लागि धन्यवाद प्रस्ताव प्रस्तुत गर्ने, समिति सदस्यको नाम मनोनयन, अध्यादेश पेसलगायत सम्भावित कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ ।

यसअघि हिजो बसेको बैठकमा नेपाली कांग्रेसले अवरोध गरेको थियो । सहकारी प्रकरण छानबिन समिति गठन गर्ने विषयमा दलहरुबिच सहमति नजुटेकोले आजको बैठक पनि प्रभावित हुने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्