Logo
Logo

जेठ ७ मा चौथोपटक विश्वासको मत लिँदै प्रधानमन्त्री


3.8k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने तयारी गरेका छन् । जनता समाजवादी पार्टी, नेपालले सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले यही जेठ ७ गते विश्वासको मत लिने तयारी गरेका हुन् ।

सत्ता साझेदार दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्थाअनुसार विश्वासको मत लिने प्रयोजनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले संसद सचिवालयलाई पत्र पनि पठाइसकेको छ ।

सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले प्रधानमन्त्रीले विश्वासको मत लिनेबारे पत्र आएको र सचिवालयले सोही अनुसार तयारी थालिसकेको बताए । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत पाउन १३८ सांसदको समर्थन चाहिन्छ । २०७९ साल पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले विश्वासको मत लिन लागेको यो चौथो पटक हो ।

प्रतिक्रिया दिनुहोस्