Logo
Logo

पाँच लाख धरौटीमा छुटे रवि ओड


1.9k
Shares

काठमाडौं । बैवाहिक बलात्कारको आरोपमा पक्राउ परेका गायक रवि ओड रिहा भएका छन् । उनी पाँच लाख धरौटी बुझाएर बिहीबार साँझ रिहा भएको हुन् ।

जिल्ला अदालत कञ्चनपुरले बिहीबार उनलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालतको आदेशअनुसार ५ लाख धरौटी बुझाएर उनी बिहीबार साँझै रिहा भएको जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश जोशीले जानकारी दिए ।

कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले गतसाता इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएर आत्मसमर्पण गरेका थिए । ओडविरूद्ध बैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनका श्रीमतीले उजुरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्