Logo
Logo

संसद बैठकअघि प्रचण्ड, ओली र रविबीच वार्ता


3.9k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । माओवादी अध्यक्ष समेत रहेका प्रचण्ड, ओली र लामिछानेबीच अहिले सिंहदरबारमा छलफल भइरहेको हो ।

संसद् बसेको प्रतिनिधिसभा बैठकमा बिहीबार एमाले र कांग्रेसका संसादबचि धकेलाधकेल भएको थियो । त्यसपछि स्थगित भएको बैठक आज पनि बस्दैछ । बिहान ११ बजेका लागि बैठक बोलाइएको बैठक यो समाचार तयार पार्दासमम सुरु भएको छैन ।

संसद बैठकअघि आआफ्नो रणनीति तय गर्न सत्तारुढ र प्रतिपक्षी दलहरु आन्तरिक छलफलमा जुटेका छन् । कांग्रेसले पनि अहिले प्रतिपक्षी दलका नेताहरुसँग छलफल गरिरहेको छ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेको नामसमेत जोडिएको सहकारीको रकम अपचलन प्रकरण अनुसन्धान गर्न संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले केही दिनयता लगातार संसद् बैठक अवरुद्ध गरिरहेको छ ।

यसबीच उसले गृहमन्त्री लामिछानेलाई संसदमा बोल्नसमेत दिइरहेको छैन । सोही विषयमा हिजो बिहीबार बसेको संसद बैठकमा पनि एमाले र कांग्रेसका सांसदबीच धकेलाधकेल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्