Logo
Logo

सरकारले फिर्ता लियो राजनीतिक दलसम्बन्धी संशोधन विधेयक


378
Shares

काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी संशोधन विधेयक फिर्ता लिएको छ । यसअघि संसदमा पेस गरेको राजनीतिक दलसम्बन्धी संशोधन विधेयक फिर्ताका लागि सरकारले संसद् सचिवालयमा पत्र पठाएको हो ।

सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले विधेयक फिर्ताका लागि सचिवालयमा पत्र आइसकेकेको जानकारी दिए । सरकारले चाहे जुनसुकै बेला पनि विधेयक फिर्ता लिन सक्ने कानुनी व्यवस्था रहेको छ ।

सरकारले दल विभाजन गर्दा केन्द्रीय समिति र संसदीय दलमा ४०÷४० प्रतिशत सदस्य चाहिने पूर्ववत् व्यवस्था लागू हुने गरी विधेयक अगाडि बढाएको थियो ।

प्रतिक्रिया दिनुहोस्