Logo
Logo

संसद भवनमा विपक्षी दलको संयुक्त बैठक


819
Shares

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवनमा विपक्षी दलको संयुक्त बैठक बसिरहेको छ । कांग्रेस संसदीय दलको बैठकलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवाले विपक्षी दलको बैठक बोलाएका हुन् ।

बैठकमा कांग्रेसबाट सभापति देउवासहित, उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक, नेता शशांक कोइराला, जसपामा अध्यक्ष उपेन्द्र यादव, नेता राजकिशोर यादव, राप्रपाका नेताद्वय धवलशम्शेर राणा र ज्ञानेन्द्र शाही, लोसपा अध्यक्ष महन्थ ठाकुर र शरदसिंह भण्डारी सहभागी छन् ।

सरकारविरुद्ध संयुक्त रणनीति बनाउन कांग्रेसले अन्य दलको पनि साथ लिन खोजेको छ । सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्रीमाथि रवि लामिछानेमाथि संसदीय छानबिन समितिको अडानमा रहेको कांग्रेसले निरन्तर सदन अवरुद्ध गरिरहेको छ । आज ११ बजे बिहान बोलाएको संसदको बैठक अझै सुरु हु्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्