Logo
Logo

प्रतिनिधिसभा बैठक २ बजेलाई सर्यो


945
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक २ बजेका लागि सारिएको छ । संसद सचिवालयले सूचनामार्फत बिहान ११ बजेका लागि बोलाइएको बैठक विपक्ष दलको आग्रहपछि २ बजेसम्मका लागि स्थगित गरिएको जनाएको हो ।

हिजो बिहीबार बसेको बैठकमा कांग्रेस र एमालेका सांसदहरूबिच धकेलाधकेलको स्थिती बनेपछि आज बिहान ११ बजेका लागि बोलाइएको थियो । तर, संसद बैठकमा अवरोध कायमै राख्ने कांग्रेसको अडानपछि बैठक दिउँसोलाई सारिएको हो ।

कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको अडानबाट पछि नहट्ने बटमलाइन बनाएको छ । तर, सहकारी प्रकरणमा समिति गठन हुने विषयमा सहमतिको सम्भावना कमजोर बन्दै गइरहेको छ ।

सदनको गतिरोध हटाउन प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रवि लामिछाने गरेका थिए । यता, कांग्रेस सभापति शेरबहादुर देउवाले पनि विपक्ष दलहरूसँग छलफल गरिसकेका छन् । पाँच विपक्षी दलले संसदीय छानविन समिति गठन हुनुपर्ने निष्कर्ष निकालेका छन् ।

प्रतिक्रिया दिनुहोस्