Logo
Logo

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक आइतबारसम्मलाई स्थगित


882
Shares

काठमाडौं । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध गरेपछि राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले आइतबारसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

सहकारी ठगीप्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको अडानमा रहेको कांग्रेसले निरन्तर सदन अवरुद्ध गरिरहेको छ ।

आजको बैठकमा काँग्रेस सांसदहरुले सुरुमै उठेर बिरोध जनाएपछि राष्ट्रिय सभा अध्यक्षले सभाका प्रक्रियाहरु अघि बढाउन नसकिएको भन्दै सभालाई सहज रुपमा सञ्चालनको व्यवस्था गरीदिन आग्रह गरेका थिए । तर, सांसदहरुबाट अवरोध नहटेपछि सभाअध्यक्षले ६ गते आइतबार दिउँसो १ः१५ मिनेटमा बस्नेगरी बैठक स्थगित गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्