Logo
Logo

दुबईमा पक्राउ परे रेड नोटिस जारी भएका २ जना 


756
Shares

काठमाडौं । ज्यान सम्बन्धी कसुर मुद्दा र विद्युतीय कारोबार कसुर सम्बन्धी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका २ जना फरार प्रतिवादीहरू पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मोरङ लेटाङ नगरपालिका–३ ठेगाना भएका ४१ वर्षीय बल बहादुर लिम्बु र नवलपरासी पूर्व मध्यबिन्दु नगरपालिका–१३ ठेगाना भएका २३ वर्षीय सन्तोष न्यौपाने रहेका छन् ।

एनसीबी अबुधावी युएईको समन्वयमा युएईमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्न बिहीबार नेपाल फिर्ता ल्याइएको छ । पक्राउ परेकामध्ये ज्यान सम्बन्धी कसुर मुद्दामा बलबहादुरमाथि जिल्ला अदालत मोरङबाट पक्राउ पुर्जी जारी भएको थियो । एनसीबी काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२४ फ्रेबुअरी ७ मा रेड नोटिस जारी भएको थियो ।

यसैगरी विद्युतीय कारोवार कसुर सम्बन्धी मुद्दामा सन्तोषमाथि जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको थियो । उनीविरुद्ध सन् २०२३ जुलाई १० मा रेड नोटिस जारी भएको थियो ।

बल बहादुरलाई इलाका प्रहरी कार्यालय लेटाङ मोरङ र सन्तोषलाई नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोमा आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्