Logo
Logo

‘सहकारी ठगीको विषयमा छानबिन समिति बनाउन प्रधानमन्त्री सकारात्मक’


630
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति बनाएर वर्तमान राजनीतिक गतिरोधलाई निकास दिन सकारात्मक रहेको नेपाली कांग्रेसले जनाएको छ ।

शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको प्रधानमन्त्री प्रचण्डसँगको छलफलबारे जानकारी दिँदै कांग्रेस नेता रमेश लेखकले सहकारी ठगी प्रकरणमा समिति बनाउन प्रधानमन्त्री सकरात्मक रहेको बताएका हुन् ।

कांग्रेस प्रमुख सचेतक लेखकले भने, ‘प्रधानमन्त्री छानबिन समिति बनाउनका लागि सकारात्मक हुनुहुन्छ । राजनीतिक गतिरोध चाँडै अन्त्य होस् भन्ने उहाँको पनि चाहना रहेको छ ।’ बैठक करिब आधा घण्टा बसेको थियो ।

बैठकमा कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवासहित, पूर्णबहादुर खड्का, कृष्ण सिटौला, गगन थापा र लेखक सहभागी थिए । त्यस्तै, माओवादीबाट जर्नादन शर्मा पनि आजको छलफलमा उपस्थित थिए ।

कांग्रेसले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै संसद्मा अवरोध गर्दै आएको छ । कांग्रेसकै अवरोधका कारण बिहीबारको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन भने शुक्रबारका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्