Logo
Logo

बागमतीमा चयन भयो ३ वटा संसदीय समितिको सभापति


693
Shares

हेटौँडा । बागमती प्रदेशसभामा शनिवार ३ वटा संसदीय समितिको सभापति चयन भएका छन् । प्रदेशसभा सचिवालयका प्रवक्ता मनोज गुप्ताका अनुसार प्रदेश मामिला, सार्वजनिक लेखा र शिक्षा स्वास्थ्य तथा कृषि समितिका सभापति सर्वसम्मत चयन भएका हुन् ।

उद्योग, पर्यटन तथा वातावरण समितिको निर्वाचन प्रयोजनका लागि शनिबार साँझ ६ बजेदेखि बैठक सञ्चालन भएको छ । प्रदेश मामिला समितिको सभापतिमा नेपाली कांग्रेसका छिरिङ दोर्जे र सार्वजनिक लेखा समिति सभापतिमा कांग्रेसकै श्रीराम लामिछाने सर्वसम्मत चयन भएका छन् । प्रदेशसभामा रहेका दलहरुबीचको भागबण्डाका आधारमा श्रीराम सभापतिमा चयन भएका हुन् ।

यस्तै शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापतिमा नेकपा माओवादी केन्द्रका ठाकुरप्रसाद ढकाल चयन भएका छन् । शनिबार साँझ नै बैठक बोलाइएको अर्थ तथा विकास समिति सभापतिमा राप्रपाका नुरज बज्राचार्य सभापति चयन हुँदैछन् । उक्त समितिको सभापतिमा उनको मात्र उम्मेदवारी परेको छ ।

एमालेको भागमा परेको उद्योग, पर्यटन तथा वातावरण समिति र शनिबार प्रदेशसभा बैठकले गठन गरेको विशेषाधिकार समितिको निर्वाचन भने सोमबार बिहान १० बजेका लागि तोकिएको छ । ती समितिमा उम्मेदवारी दर्ताका लागि आइतबार अपरान्ह ३ देखि ५ बजेसम्मको समय दिइएको छ ।

उद्योग, पर्यटन तथा वातावरण समितिमा एमालेले रामेछापका आनन्दकुमार श्रेष्ठलाई सभापतिको उम्मेदवार बनाउने निर्णय भएको छ । नेकपा एकीकृत समाजवादीको भागमा परेको विशेषाधिकार समितिमा धादिङका माया देवी शर्मा उम्मेद्वार बन्ने छन् ।

प्रतिक्रिया दिनुहोस्