Logo
Logo

सत्ता गठबन्धन र कांग्रेसबीच संसदीय छानबिन समिति गठन गर्ने सहमति


1.8k
Shares

काठमाडौं । संसदीय छानबिन समिति गठन गर्न सत्तारुढ गठबन्धन र कांग्रेसबिच सहमति भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन र कांग्रेसका नेताहरुबिचको बैठकलमा छानबिन समिति बनाउने सहमति भएको हो ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठकमा संसदीय समितिको कार्यादेश टिओओरबारे सहमति हुन बाँकी रहेको बताए । उनले संसदीय समितिको कार्यादेश टिओओरबारे आइबारसम्म कुरा मिल्ने बताए ।

संसदीय समितिको टिओआर बनाउने विषयलाई कानुनमन्त्री पदम गिरी, कांग्रेस, एमाले, रास्वपा र माओवादीका प्रतिनिधिले भाेली बिहान बसेर टुंग्याउने लेखकको भनाइ छ ।

कानुनमन्त्रीको नेतृत्वमा बनेको टिओआर तय गर्न समितिमा कांग्रेसबाट जीवन परियार, एमालेबाट महेश बर्तौला, रास्वपाबाट शिशिर खनाल रहेका छन् । माओवादीबाट भने प्रतिनिधि छैन ।

प्रतिक्रिया दिनुहोस्