Logo
Logo

यी हुन् आजको संसद बैठकको सम्भावित कार्यसूची


693
Shares

काठमाडौं । आज संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक अहिले बिहान ११ बजे बोलाइएको छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

आजैको बैठकमा प्रतिनिधिसभा नियमावली २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सभामुखले सदस्यहरूको मनोनयन गर्नेछन् । यस्तै, राष्ट्रपति पौडेललाई धन्यावाद ज्ञापन गर्ने पनि आजको कार्यसूची रहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको संविधानको धारा ५३ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन पेस गर्नेछन् भने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ पेस गर्ने कार्यसूची रहेको छ ।

यस्तै, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी विधेयक २०८० लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

सहकारीको बचत अपचलन प्रकरणमा गृहमन्त्री लामिछाने संलग्नता देखिएकोे भन्दै कांग्रसले संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै संसद् अवरुद्ध गर्दै आएको थियो । तर, शनिबार बसेको शीर्ष नेताहरूको बैठकले समिति बनाउने निर्णय गरेकाले आजको प्रतिनिधिसभा बैठकले निरन्तरता पाउने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्