Logo
Logo
सहकारी ठगी प्रकरण

संसदीय छानबिन समिति कार्यदलको बैठक बस्दै


1.1k
Shares

काठमाडौं । सहकारी ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक बस्ने भएको छ । बैठक अहिले बिहान साढे ८ बजे बस्दैछ ।

सत्तापक्ष र प्रतिपक्ष दलहरुबीच शनिबार बसेको बैठकमा सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति भएको थियो । तर, समितिको कार्यादेश टुंगो लागेको छैन ।

कार्यादेश टुंगो लगाउन नेकपा एमालेका नेता एवं कानुनमन्त्री पदम गिरीको नेतृत्वमा कार्यदल गठन गरिएको छ । यस समितिमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल छन् ।

रास्वपा नेता शिशिर खनालका अनुसार कानुन मन्त्रालयमा कार्यदलको बैठक बस्न लागेको हो । उनले भने, ‘संसदीय समितिको टिओआर के हुने भन्ने विषयमा हामी अहिले बस्ने बैठकमा छलफल गरेर निर्णय गर्नेछौँ ।’

प्रतिक्रिया दिनुहोस्