Logo
Logo

अन्तिम खेलमा नेपाल विनवार्ड्ससँग ७४ रनले पराजित


3k
Shares

काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीमा रहेको नेपाली टोली तेस्रो अभ्यास खेलमा विनवार्ड्स भोलक्यानोजसँग पराजित भएको छ ।

पहिलो र दोस्रो खेल जितेर तीन खेलको शृङ्खला खेलेको नेपालले शनिबार राति भएको तेस्रो खेलमा भने विनवार्ड्ससँग ७४ रनले पराजित भएको हो ।

२०६ रनको विशाल लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा अलआउट हुँदै जम्मा १३८ रनमात्रै बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले ३ चौका र ४ छक्का मद्दतमा ३६ बलमा ५३ रन बनाए ।

ओपनर आशिफ शेखले २४, सन्दीप जोराले २१ र करण केसीले १३ रन जोडे अरु ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।विनवार्ड्सका डैरोन नेड र कभेम होजले तीन÷तीन तथा निकलस रेडहेड र डीन ब्राउनले दुई/दुई विकेट लिए ।

त्यसअघि टस जितेर घरेलु मैदानमा ब्याटिङ गरेको विनवार्ड्सले डिलन डगलस र शाद्रक डेसकार्टेको अर्धशतक मद्दतमा २०५ रन बनाएको थियो । डिलनले ३२ बलमा ५६ रन बनाए भने शाद्रकले २७ बलमा ५५ रनको योगदान गरे ।

नेपालका कमलसिंह ऐरीले ४, सोमपाल कामीले ३ तथा करण केसी, सागर ढकाल र कुशल भुर्तेलले एक/एक विकेट लिए । तेस्रो खेलमा नेपालले यसअघिको खेलबाट तीन परिवर्तन गरेको थियो ।

ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी र अविनाश बोहोरा टोलीमा थिएनन् । उनीहरूको ठाउँमा करण केसी, सागर ढकाल र कमल सिंह ऐरीले खेलेका थिए । कमलको यो तीन खेल शृंखलाको पहिलो खेल हो भने कुशल मल्ल तीनवटै खेलमा प्लेइङ–११ मा परेनन् ।

प्रतिक्रिया दिनुहोस्