Logo
Logo

प्रहरी जवान घिमिरेको हत्या आशंकामा ५ जना पक्राउ


3.3k
Shares

काठमाडौं । नेपाल प्रहरीका जवान युवराज घिमिरेको हत्या आशंकामा पाँच जना पक्राउ परेका छन् । काठमाडौं प्रहरीको विशेष टोलीले काठमाडौंका विभिन्न ठाउँबाट ५ जनालाई नियन्त्रणमा लिएको हो ।

ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान घिमिरेको शव शुक्रबार हत्या गरिएको अवस्थामा मनमैजुमा भेटिएको थियो । उनी ‘डिउटी’ सकेर घर फर्किंदै गर्दा हत्या भएको थियो ।

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले आज प्रत्रकार सम्मेलन गरेर घटना सम्बन्धमा जानकारी दिने तयारी पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्