Logo
Logo

एम्बुलेन्सको ठक्करबाट बुटवलमा मर्निङ वाक हिडेकी कमलाको मृत्यु


1.3k
Shares

काठमाडौं । बुटवलमा एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । आज बिहानै अर्घाखाँचीदेखि आउँदै गरेको एम्बुलेन्सले मर्निङ वाक हिँडेका महिलालाई ठक्कर दिँदा बुटवल–११ देवीनगरकी ५६ वर्षीया कमला नेपालीको मृत्यु भएको हो । अन्य दुई महिला घाइते भएका छन् ।

राजमार्ग छेउमा हिँडिरहेका उनीहरुलाई तीव्र गतिको एम्बुलेन्सले ठक्कर दिएको र एक महिलाको घटनास्थलमै मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार ठक्करबाट अन्य २ महिला घाइते भएका छन् ।

अर्घाखाँचीदेखि बिरामी लिएर आएको लु १ झ ५३१ नम्बरको एम्बुलेसको ठक्करबाट घाइते कमलालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा चिकित्सकले साढे ५ बजे मृत घोषणा गरेका थिए ।

यसैगरी उनीसँगै पैदल हिँडेका सोही ठाउँका ५५ वर्षीया कमला नेपाली र ३५ वर्षीया झुपा ठटराई घाइते भएका छन् । एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्