Logo
Logo

आगलागीमा दुई छोरी र श्रीमती गुमाएका सञ्जयको मृत्यु


1.5k
Shares

काठमाडौं । ललितपुरको बाफलमा आगलागीमा परी घाइते भएका थप एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सञ्जय गिरी रहेका छन् ।

बैशाख २३ गते ललितपुर महानगरपालिका वडा नम्बर १७ बाफलस्थित टिनले छाएको टहरामा आगलागी हुँदा एकै परिवारका पाँच जना घाइते भएका थिए । सो आगलागीमा परी घाइते भएका सञ्जयको उपचारका क्रममा शनिबार किष्ट अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

योसँगै मृत्यु हुनेको संख्या चार पुगेको छ । सञ्जयकी श्रीमती रूपा, दुई जना छोरीहरू ८ वर्षीया अलिसा र ४ वर्षीया प्रियाको पनि उपचारका क्रममा किष्ट अस्पतालमै मृत्यु भएको थियो । भतिज नाता पर्ने नित गिरी भने सामान्य घाइते छन् । उनको पनि किष्ट अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्