Logo
Logo

गृहमन्त्री लामिछानेलाई बोल्न दिने विपक्षी दलको निर्णय


378
Shares

काठमाडौं । नेपाली कांग्रेस लगायतका विपक्षी दलको मोर्चाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने निर्णय गरेको छ ।

तर, गृहमन्त्री लामिछानेको जवाफ चित्त बुझेमात्रै संसद अगाडि बढ्ने दिने पनि मोर्चाको बैठकले निर्णय गरेको छ । मोर्चाको बैठकको निर्णयबारे राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले जानकारी गराउँदै भने, ‘गृहमन्त्रीको जवाफ चित्त बुझिएन भने बैठक चल्न नदिने निर्णय भएको छ ।’

आइतबार बसेको मोर्चाको बैठकको यस्तो निर्णयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिने विश्वासको मतसमेत प्रभावित हुन सक्ने देखिएको छ । प्रधानमन्त्री प्रचण्डले सोमबार विश्वासको मत लिने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्