Logo
Logo

प्रतिनिधिसभा बैठक आज पनि अन्योलमा


1k
Shares

काठमाडौं । संसदीय छानबिन समितिको कार्यादेश बनाउन बनेको कार्यदलमा सहमति जुट्न नसक्दा प्रतिनिधिसभा बैठक प्रभावित भएको छ । कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक लम्बिँदा प्रतिनिधि सभाको बैठक आज पनि अन्यौलमा पर्ने देखिएको हो । बिहान ११ बजेका बोलाइएको बैठक हालसम्म सञ्चालन हुन सकेकेको छैन ।

सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक सिंहदरबारस्थित कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसिरहेको छ ।

सिंहदरबारमा कार्यदलको बैठक बसिरहँदा नयाँ बानेश्वरस्थित संसद् भवनमा विपक्षी दलहरूको बैठक बसेको थियो । उक्त बैठकले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको जवाफ संसद्मा सुन्ने निर्णय गरेको छ ।

कार्यदलले संसदीय समितिको कार्यादेश टुंगो लगाए संसद् कार्यसूचीमा प्रवेश गर्न सक्ने नेताहरू बताउँछन् । यद्यपी हालसम्म कार्यदलमा सहमति जुट्न सकेको छैन। कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा गठित कार्यदलमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्