Logo
Logo

लक्ष्मी सनराइज बैंककाे विराटनगरमा सेवा विस्तार


126
Shares

काठमाडौं । लक्ष्मी सनराइज बैंकले विराटनगरमा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । विराटनगर महानगरपालिका वडा न.७ स्थित हनुमान दास रोडमा रहेका २ शाखा मध्ये एउटा शाखा ५ कि.मि. उत्तरतर्फ सोही महानगरपालिकाको वडा न. ३ स्थित पुष्पलाल चोकमा स्थानतरण गरिएको छ ।

स्थानतरण गरिएको साविकको हनुमान दास रोडको शाखाका ग्राहकहरुले सोही ठाउँमा रहेको अर्को शाखा मार्फत सेवा लिन सक्ने बैंकले जनाएको छ । स्थानान्तरण भएसँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । स्थानतरण भएको शाखाले ग्राहक तथा व्यवसायहरुलाई सबै प्रकारका रिटेल बैँकिङ्ग सेवाहरु प्रदान गर्नेछ ।

साथै, आफ्ना ग्राहकहरूलाई थप व्यवस्थित र समुचित सेवा प्रदान गर्न बैंकले बिर्तामोडमा रहेका आफ्ना २ वटा शाखा गाभी साविक सनराइज बैंकको स्थान-भद्रपुर लाईन, बिर्तामोड नगरपालिका-४, झापाबाट संयुक्त कारोबार सुरु गरेको छ ।

त्यसैगरी, चितवन जिल्ला स्थित भरतपुरको हाकिमचोकमा रहेका २ वटा शाखा पनि गाभिई साविकको लक्ष्मी बैंकको स्थान – हाकिमचोक, भरतपुर महानगरपालिका-१० बाट ग्राहकहरुलाई सेवा प्रदान गर्नेछ ।

हाल लक्ष्मी सनराइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५६ शाखा, ३१९ एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १३० शाखारहित बैँकिङ्ग एजेन्ट रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्