Logo
Logo

गगन र रामहरि लक्षित गर्दै रविले भने- सहकारी मात्रै होइन, बाख्रा र घडीबारे पनि छानबिन गरौँ 


2.1k
Shares

काठमाडमौं ।  उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीमा मात्रै नभई कृषि अनुदानको रकम हिनामिना गर्नेहरूमाथि पनि छानबिन गरेर बाहिर पठाउनुपर्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले प्रमाण जुटाएर कारबाही गर्ने आँट गरे हुने पनि बताए । उनले भने, ‘प्रमाण जुटाएर कारबाही गर्ने आँट गर्नुभएको भए हुन्थ्यो। सहकारी ठगी गर्नेलाई मात्रै होइन, कृषि अनुदानको रकम हिनामिना गरेर कुखुरा, हाँस, माछा, खसी, बोका, बाख्रा पाल्नेलाई पनि बाहिर पठाऔँ ।’ 

कांग्रेसका महामन्त्री तथा सांसद गगन थापामाथि  बाख्रापालन गर्न करोडौँ रुपैयाँ लिएर हिसाब नदेखाएको आरोप लाग्ने गरेको छ । उक्त आरोप अहिले पनि बेलाबेलामा चर्चा आउने गर्छ । 

सञ्चारमाध्यमको आएको कुरा सबै समाचारको छानबिन गर्ने हो भने घडी हराएको बारे पनि छानिबन गर्नुपर्ने उनले बताए ।

नेपाली कांग्रेसका रामहरि खतिवडामाथि  पूर्व प्रधानसेनापति छत्रमानसिंह गुरुङका छोराको १४ लाख रुपैयाँको रोलेक्स घडी ‘घडी चोर’को  आरोप लाग्ने गरेको छ । उनले आफूमाथि गम्भीर षड्यन्त्र गरेर चरित्रहत्या गरिएको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्