Logo
Logo

कांग्रेस संसदीय दलको बैठक बस्दै


882
Shares

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ । सहकारी ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन समिति गठनको माग गर्दै आएको कांग्रेसले संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा धारणा बनाउन सोमबार बिहान ९ बजे संघीय संसद् भवनमा बस्ने गरी दलको बैठक बोलाएको हो ।

बैठकअघि सभापति एवम् दलका नेता शेरबहादुर देउवाले संसदीय दल कार्यसमितिमा छलफल गर्दैछन् । कांग्रेसले करिब एक महिनादेखि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै आएको थियाे ।

आइतबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले आफूले सहकारीको रकम दुरुपयोग नगरेको दाबी गरेका थिए । कांग्रेसको आजको बैठकमा गृहमन्त्रीको सम्बोधनमाथि समेत छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्