
काठमाडौं । काठमाडौं उपत्यकामा बिहानैदेखि हावाहुरीसहित वर्षा भइरहेको छ । काठमाडौंको सुन्दरीजल, बूढानीलकण्ठ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, बबरमहल आदि स्थानहरूमा बिहानैबाट वर्षा भइरहेको हो ।
अहिले काठमाडौं उपत्यका र आसपासका स्थानहरूमा मध्यम वर्षा भइरहेको र एक, डेढ घन्टासम्म पानी पर्ने मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए ।
पछिल्लो एक घन्टाको अवधिमा शिवपुरीको धाप बाँध क्षेत्र रहेको केन्द्रमा १३.२ मिलिमिटर वर्षा भएको छ । बूढानीलकण्ठमा २.६, सुन्दरीजलमा ८.६ मिलिमिटर वर्षा मापन भएको छ ।














