Logo
Logo

प्रिमियर लिगको उपाधि म्यानचेष्टरलाई


1.6k
Shares

काठमाडौं । प्रिमियर लिगको उपाधि म्यानचेष्टर सिटीले जितेको छ । आइतबार राति घरेलु मैदानमा भएको लिगको अन्तिम खेलमा वेष्ट हम युनाइटेडलाई ३–१ ले पराजित गर्दै सिटी च्याम्पियन बनेको हो ।

अन्तिम दिनसम्म सिटी र आर्सनल दुवै उपाधि होडमा थिए । उपाधि जित्न सिटीलाई स्पष्ट जितको आवश्यकता थियो । यस्तै आर्सनलको हकमा भने उपाधि जित्न सिटीले अंक गुमाउनुपर्ने थियो ।

तर अन्तिम दिन सिटी र आर्सनल दुवै विजयी भए । उपाधि सिटीको पक्षमा गयो । सिटीले ३८ खेलबाट ९१ अंक जोड्यो । एभरटन विरुद्ध २–१ को पुनरागमन जित हात पारेको आर्सनलले ८९ अंक जोड्यो । सिटी लगातार चौथो पटक प्रिमियर लिग जित्ने पहिलो टोली बनेको छ ।

प्रतिक्रिया दिनुहोस्