Logo
Logo

संसदकाे विरोध कांग्रेसलाई महंगो पर्ने प्रधानमन्त्रीको चेतावनी


315
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सांसदप्रति आक्रोश व्यक्त गरेका छन् । सोमबार प्रतिनिधिसभाको दोस्रो बैठकमा विश्वासको मत लिने क्रममा कांग्रेस सांसदहरुले बेल घेराउ र नाराबाजी गरेपछि आक्रोशित बनेका प्रधानमन्त्रीले संसद्मा देखाएको व्यवहार गलत भएको भन्दै यसको मूल्य चर्को पर्ने चेतावनी दिएका छन् ।

प्रधानमन्त्रीले विश्वासको प्रस्ताव पेश गरेपछि एमाले नेता विष्णु पौडेलले प्रस्तावको पक्षमा धारणा राखेका थिए । त्यसपछि प्रस्तावको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले आजको गतिविधि कांग्रेसका लागि महंगो पर्ने चेतावनी दिए ।

‘तपाईंहरु (नेपाली कांग्रेस) ले आज बहुत गलत गर्नुभयो भन्ने मलाई लागेको छ । नेपालको इतिहासमा जुन प्रधानमन्त्रीले तपाईंहरुलाई पटक–पटक साथ दियो । र, यो पटक पनि जुन प्रधानमन्त्रीले तपाईंहरुलाई संवाद र सहमतिको बाटोमा ल्याउन मेहनत गरेको छ त्यसलाई संविधान अनुसार विश्वासको मत लिन नदिएर तपाईंहरुले इतिहासमा एउटा नराम्रो उदाहरण प्रस्तुत गर्नुभयो म त्यसका निम्ति गहिरो दुःख व्यक्त गर्दछु,’ उनले भने, ‘र, तपाईंहरु नेपाली कांग्रेसका लागि मूल्य धेरै चर्को पर्नेछ । आजको यो तपाईंहरुको गतिविधि नेपालको इतिहासमा राम्रैसँग कलङ्कको रूपमा स्थापित हुनेछ । र, मेरो विश्वासको पक्षमा समर्थन गर्ने नेकपा एमालेका माननीय विष्णु पौडेल लगायत सबै माननीय र संसदीय दललाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्