Logo
Logo

विपक्षीको विरोधका बाबजुद प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत


378
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चौथो पटक विश्वासको मत पाएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बाबजुद विश्वासको मत पाएका हुन् ।

आज मतदानमा १५८ जना सहभागी रहेका थिए । प्रधानमन्त्री दाहाललाई एक सय ५७ मत र विश्वास मत दिन्न भन्नेमा एक मत परेको सभामुख देवराज घिमिरेले घोषणा गरेका छन् ।

प्रधानमन्त्री ‘प्रचण्ड’लाई सत्तारूढ नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदहरूले मत दिएका थिए । सभामुख घिमिरेले प्रधानमन्त्रीले राखेको विश्वास मत प्रस्ताव बहुमतले पारित भएको पनि घोषणा गरेका छन् ।

नाराबाजी गरिरहेको नेपाली कांग्रेससहितका प्रतिपक्षी दलहरू भने मतदान प्रक्रियामा सहभागी नै भएन । प्रधानमन्त्रीले विश्वासको मत लिइरहँदा विपक्षी सांसदहरूले जबरजस्ती गर्न पाइँदैन, सरकारको जबरजस्ती बन्द गर जस्ता नारा लगाएका थिए ।

नाराबाजीकै बीचमा विश्वासको मत मागेका प्रधामन्त्री प्रचण्डले आफूले विश्वासको मत लिइरहँदा नाराबाजी र अबरोध गरेर कांग्रेसले ठूलो गल्ती गरेको बताएका थिए ।

प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम उनले प्रतिनिधिसभाबाट विश्वासको मत लिएका हुन् । प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने सवैधानिक व्यवस्था छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै बैठक अवरोध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्