Logo
Logo

विश्वप्रकाशको टिप्पणी- सदनमा आज सभामुख देखिनँ


4.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आजको संसदमा सभामुख नदेखेको टिप्पणी गरेका छन् । नेपाली कांग्रेसको नाराबाजी र वेल घेराउकैबीच सभामुख देवराज घिमिरेले सदन सञ्चालन गरेपछि शर्माले सामाजिक सञ्जाल एक्समार्फत उक्त टिप्पणी गरेका हुन् ।

आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यसूची थियो । तर, कांग्रेस सांसदहरुले सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानविन समिति गठनको माग गर्दै सदन अवरोध गरेको थियो ।

यहिबीच सभामुखले पटकपटक प्रधानमन्त्रीलाई विश्वासको मत माग्ने प्रक्रियामा सहभागी हुन आग्रह गरे । तर, उनीहरुले अवरोध कायमै राखेपछि सभामुखले अवरुद्ध सदनबीच प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया अघि बढाएपछि सांसद शर्माले सभाको नेता सभाको नेतृत्वको रूपमा नभएर सत्ताको ‘रबर स्ट्याम्प’ बनेको भन्दै सभामुख नदेखेको बताएका हुन् ।

‘सदनमा आज सभामुख देखिन ! देखिरहेको छु– रबर स्ट्याम्प बनाएर कसैले मर्यादाको चीरहरण गरेको अँध्यारो चित्र मात्र,’ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्