Logo
Logo

सभामुख पार्टी विशेषको कार्यकर्ताका रूपमा प्रस्तुत भएको कांग्रेसको ठहर


315
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार सहकरीका केही ठगलाई बचाउनका लागि उद्यत भएको ठहर गरेको छ । सोमबार नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बसेको आकस्मिक संसदीय दलको बैठकले सो ठहर गरेको हो ।

पार्टी प्रमुख सचेतक रमेश लेखकले संसदीय मूल्य मान्यता, परम्परालाई कमजोर गरेर पनि केही ठगलाई बचाउन सरकार उद्यत भएको निर्णय पार्टी संसदीय दलको बैठकले गरेको बताए ।

उनले भने, ‘सत्तापक्ष र सरकार देशभरका सहकारीको ठगबाट पीडित भएका नागरिकप्रति गैरजिम्मेवार हुँदै सहकारी ठगी गर्ने केही व्यक्तिलाई बचाउनका लागि संसदीय मूल्य मान्यता, परम्परालाई कमजोर गरेर पनि केही ठगलाई बचाउन उद्यत भएको छ ।’

कांग्रेसले संसद्‌मा सभामुखको भूमिका पदीय गरिमाअनुकूल नभएको पनि ठहर गरेको छ । उनले भने, ‘कुनै एउटा पार्टी विशेषको कार्यकर्ताका रूपमा प्रस्तुत हुने कुरा सभामुखका लागि शोभनीय हुन्न ।’

बैठकले सभामुखलाई संसदीय परम्परा जोगाउन, सभामुखको मर्यादा कायम राख्दै भूमिका निर्वाह गर्नसमेत आग्रह गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्