Logo
Logo

देउवाद्वारा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आह्वान


378
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आह्वान गरेका छन् । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार संयुक्त बैठक यही जेठ ९ गते बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने निर्णय भएको छ । ‘समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गरी धारणा बनाउन संयुक्त बैठक आह्वान गरिएको पौडेलले बताए । 

कांग्रेसभित्र केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक माग भइरहेको थियो । केन्द्रीय सदस्य नैनसिंह महरलगायतले पार्टी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक राख्न माग गरेका थिए । कांग्रेसले सदनमा संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ । सहकारीको बचत ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै कांग्रेसले संसदीय समिति माग गर्दै आएको हो ।

सहकारी प्रकरणमा सरकार गम्भीर नभएको भन्दै कांग्रेसभित्र सडक र सदनबाट आवाज उठाउनुपर्ने माग पनि छ । नेविसंघ, तरूण दल, नेपाल महिला संघले सडकमा प्रदर्शन भने गरेका थिए । संसदीय समिति गठनमा प्रधानमन्त्रीदेखि सत्ता गठबन्धनका नेताहरू सहमत भए पनि क्षेत्राधिकारबारे कांग्रेससँग कुरा मिल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्