Logo
Logo

कार्यान्वयनमा आयो बिमस्टेक बडापत्र


126
Shares

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) बडापत्र आजदेखि कार्यान्वयनमा गएको छ । ७ वटा सदस्य राष्ट्रमध्ये नेपालले आन्तरिक प्रक्रिया अन्तर्गत २० चैत्रमा प्रतिनिधिसभाबाट अनुमोदन गरेसँगै स्थापना भएको तीन दशकपछि बिमस्टेक बडापत्र कार्यान्वयनमा गएको हो ।

बिमस्टेक महासचिव इन्द्रमणि पाण्डेले बडापत्र कार्यान्वयनका लागि आवश्यक सबै सर्तहरू पूरा भएकाले आजदेखि यसको कार्यान्वयन भएको जानकारी गराएका छन् । ‘गत २१ अप्रिलमा बडापत्र कार्यान्वयनका सर्तहरू पूरा भएको थियो ।

बडापत्रको धारा २५९४० बमोजिम त्यसको तीसौँ दिनबाट कार्यान्य हुने व्यवस्था छ । सोही अनुसार २० मेबाट बाट यो स्वतः कार्यान्वयनमा गएको छ’, बिमस्टेक महासचिव पाण्डेले जारी गरेको सूचनामा भनिएको छ, ‘यसले बाह्य साझेदार, पर्यवेक्षक र नयाँ सदस्यहरूका लागि पनि मार्ग प्रशस्त गरेको छ ।’

नेपालले प्रतिनिधि सभाबाट २० चैत्रमा नै बिमस्टेक बडापत्र अनुमोदन गरे पनि त्यसको लिखित जानकारी बंगलादेशको राजधानी ढाकामा रहेको बिमस्टेकको सचिवालयमा ९ वैशाख अर्थात (२१ अप्रिल) मा मात्रै पुगेको थियो ।

नेपालले गत २९ भदौमा बसेको मन्त्रिपरिषद् बैठकबाट कानुन बमोजिम आन्तरिक प्रक्रियाअनुसार यसलाई अनुमोदन गर्न संघीय संसदमा पेश गर्ने निर्णय गरेको थियो ।

संविधानको धारा, २७९ को ९१० मा नेपाल पक्ष हुने सन्धि सम्झौताको अनुमोदन संघीय कानुन बमोजिम हुने व्यवस्था रहेको छ । नेपालको सन्धि ऐन, २०२७ को दफा ४ मा नेपाल सरकार, मन्त्रिपरिषद्ले बडापत्र अनुमोदनका लागि सङ्घीय संसद्मा पेस गर्नुपर्ने व्यवस्था गरेको छ ।

सरकारले सोही व्यवस्थाअनुसार संसद्मा पेस गरेको बिमस्टेक बडापत्र यो वर्षको बैशाखमा मात्रै अनुमोदन भएको थियो । नेपालबाहेकका सदस्य राष्ट्रहरूले भने उक्त बडापत्र त्यसअघि नै आन्तरिक प्रक्रियाबाट अनुमोदन गरिसकेका थिए ।

प्रतिक्रिया दिनुहोस्