Logo
Logo

बालेनको चेतावनीपछि रिहा भए महानगरका गाडी चालक


1.4k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहोर बोक्ने गाडीका चारजना चालक रिहा भएका छन् ।

मेयर बालेन शाहले सामाजिक सञ्जालबाट नियन्त्रणमा लिइएका चालकहरूलाई स–सम्मान रिहा गरिएको जानकारी गराएका छन् ।

‘जो कोहीले यति बुझ्नुहोला– पदमा तलमाथि होला, भूमिकामा तलमाथि होला । तर नियम, कानुन र भूमिकामा बस्ने हरेक कर्मचारीको, हरेक महानगरबासीको आत्मसम्मान हुन्छ । त्यसमा कसैले सम्झौता गर्न पाइँदैन । काठमाडौं महानगर यसमा संवेदनशील छ’ उनले भनेका छन् ।

महानगरले आफ्ना कर्मचारीमाथि हुने अनाहकको अपमान नसहने बालेनको भनाइ छ । उलने भनेका छन्, ‘अझ आफ्नो कर्तव्य निभाइरहेका आफ्ना कुनै कर्मचारी अनाहकमा अपमान महानगरले सहँदैन । बुझेर कदम चाल्नुहोला ।

यसअघि उनले फेसबुकबाटै चालकलाई रिहा नगरेसम्म सिंहदरबारको, पार्टीहरूको कार्यालयको र नेताहरूको घरबाट फोहोर नउठाउने चेतावनी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्