Logo
Logo

उपेन्द्र यादवको रिटमा सुनुवाइ आज


1.2k
Shares

काठमाडौं । जनता समाजवादी पाटीका अध्यक्ष उपेन्द्र यादवले पार्टी फुटविरुद्ध हालेको रिटमा आज सुनुवाइ हुँदैछ ।
सो रिटमाथि सुनुवाइका लागि सोमबार न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको इजलासमा पेशी तोकिए पनि हेर्न नभ्याइनेमा परेको थियो ।

उपेन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार विश्वासको मत लिन लागेको र त्यसमा पार्टी विभाजनमा संलग्न रहेको अशोक राईसहित ७ जनालाई सहभागी गराउन रोक्न माग गर्दै रिट दायर गरेका थिए ।

अदालतमा सुनुवाइको पालो नआउँदा मुद्दाको पेशी स¥यो भने उता प्रधानमन्त्रीले विश्वासको मत लिए । प्रधानमन्त्री प्रचण्डले १५७ मत पाउँदै विश्वासको मत लिएका छन् । उनलाई राई पक्षका ७ जनाले पनि मत दिएका छन् ।

यादवले उनीहरूलाई रोक्न सभामुखलाई पनि पत्र पठाएका थिए । तर सभामुखले त्यसलाई बेवास्ता गर्दै विश्वासको मत दिने प्रक्रियामा सहभागी गराएका थिए । यादवले राई पक्ष हाल कुनै पनि दलमा नरहेकाले विश्वासको मत दिन नमिल्ने जिकिर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्