Logo
Logo

काठमाडौंकाे थलीमा एक पुरुषको शव भेटियो


441
Shares

काठमाडौं । काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–५, थलीमा एक पुरुषको शव भेटिएको छ । अन्दाजी ४५, ५० वर्षका जस्तो देखिने पुरुषको शव आज बिहान साढे ५ बजे थलीस्थित राजमार्गको डिलमुनि भेटिएको हो ।

शवबाट रगत बगिरहेको र नजिकै दुइटा ब्लेड फेला परेको थली प्रहरीले जनाएको छ । कपडाले मुख ढाकिएको अवस्थामा मृत फेला परेका व्यक्तिको अहिलेसम्म पहिचान हुन सकेको छैन । हत्या भएको आशंकामा प्रहरीलेअनुसन्धान थालेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्