Logo
Logo

थलीमा मृत भेटिएका पुरुष चाँगुनारायणका कृष्ण नगरकोटी


504
Shares

काठमाडौं । काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–५, थलीमा शंकास्पद अवस्थामा मृत भेटिएका पुरूषको पहिचान खुलेको छ ।

मृतक पुरूष चाँगुनारायण नगरपालिका वडा नम्बर ५ छालिङका कृष्ण नगरकोटी भएको प्रहरी वृत्त बौद्धले जानकारी दिएको छ । उनको साथमा रहेको सवारी चालक अनुमति पत्रका आधारमा पहिचान खुलेको हो ।

नगरकोटी आज बिहान साढे पाँच बजेतिर मृत अवस्थामा भेटिएका थिए । उनको शव मुलपानीबाट थलीतर्फ जाने सडकको बायाँतर्फको निर्माणाधीन पर्खालमा फेला परेको थियो ।

कपडाले मुख ढाकेको र रगत बगिरहेको अवस्थामा फेला परेको शव नजिकै दुईवटा ब्लेडसमेत फेला परेको थली प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक नगरकोटीको घाँटी काटिएको पाइएको र घटनाबारे अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्