Logo
Logo

गोविन्दराज जोशी विरुद्धको भ्रष्टाचार मुद्दामा २० वर्षपछि अन्तिम सुनुवाइ हुँदै


504
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री गोविन्दराज जोशी विरुद्धको भ्रष्टाचार मुद्दामा आजदेखि अन्तिम सुनुवाइ हुँदैछ ।

सर्वोच्च अदालतका न्यायाधीशहरु विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले गत मंगलबारबाट मुद्दाको सुनुवाइ शुरु गरेर हेर्दाहेर्दैैमा राखेकाे मुद्दामा आजदेखि फेरि त्यही इजलासमा निरन्तर सुनुवाइ हुने भएको हो । सम्भवतः यही इजलासले नै जोहीको मुद्दा अन्तिम रुपमा टुंग्याउने छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ पुस, २०६० सालमा पूर्वमन्त्री जोशी विरुद्ध विशेष अदालतमा गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले त्यतिबेला उनीमाथि ३ करोड ९३ लाख ६२ हजार ५७६ रुपैयाँ भ्रष्टाचार गरेको मुद्दा दायर थियो । यो मुद्दा सर्वोच्च अदालतमा पुगेकै ११ वर्ष बितिसकेको छ ।

पूर्वमन्त्री जोशीको गैरकानूनी सम्पत्ति लुकाएको आरोपमा अख्तियारले पत्नी सविता पन्त, उनकी दिदी चोलाकुमारी पन्त, सासु नीरकुमारी, साला बासुदेव पन्त, अनि बासुदेवका कान्छा ससुरा ताराराज पाण्डेलाई समेत मुद्दा चलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्