Logo
Logo

पशुपतिको भेटी चोरीमा संलग्नको बयान- कोषाध्यक्षले चोर्न अह्राए

भेटी चार्ने ८ जना पक्राउ


756
Shares

काठमाडौं । पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी चोरी गर्ने व्यक्तिहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा पशुपति क्षेत्र विकास कोषका नायव सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मणहरू नवराज घिमिरे, राम सापकोटा र लक्ष्मण सापकोटा, मन्दिरमा बाजा बजाउनेहरू अनिल परियार, सनिष कपाली र कुमार दमाईलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

त्यस्तै पशुपतिनाथ मन्दिर परिसरमा रहेको नेपाल इन्भेस्टमेन्ट मेघा बैङ्कको रकम संकलन केन्द्रका एक कर्मचारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुले भेटी गन्ने क्रममा चोर्दै गरेको पाइएपछि पक्राउ गरी आवश्यक छानविनका लागि प्रहरी वृत्त गौशाला पठाइएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

परियार पशुपतिमा बाजा बजाउने कर्मचारी हुन् । उनले कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीलाई पोलेका छन् । उनले कोषाध्यक्ष सुवेदीको निर्देशनमा आफूले दैनिक तीन हजारदेखि १५ हजारसम्म भेटी चोरेर उनैलाई बुझाएको प्रहरीलाई बयान दिएका छन् । पशुपतिनाथ मन्दिरबाट दैनिक तीन लाखदेखि तीन लाख ५० हजार रुपैयाँसम्म भेटी सङ्कलन हुन्छ ।

प्रतिक्रिया दिनुहोस्