Logo
Logo

थलीमा मृत भेटिएका नगरकोटीका छोराछोरी प्रहरी नियन्त्रणमा


1.2k
Shares

काठमाडौं । प्रहरीले काठमाडौंका कागेश्वरी मनहरा नगरपालिका–५, थलीमा मृत भेटिएका कृष्ण नगरकोटीका छोराछोरी दुवैलाई नियन्त्रणमा लिएको छ ।

उनीहरूलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका प्रहरी प्रमुख एसएसपी वसन्त राजौरेले बताए । उनका अनुसार छोरा रिचेन फर्पिङ र छोरी रश्मीलाई बबरमहलबाट नियन्त्रणमा लिइएको छ । यद्यपी घटनामा उनीहरूको संलग्नताबारे प्रहरीले अहिलेसम्म केही खुलाएको छैन ।

भक्तपुर–७, छालिङका ५२ वर्षीय नगरकोटीको शव मंगलबार बिहान साढे ५ बजेतिर थलीमा भेटिएको थियो । उनको घाँटीमा काटिएको थियो भने शवनजिकै दुई वटा ब्लेड बरामद भएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको पहह्रीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्