Logo
Logo

कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी


130.3k
Shares

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत धनुषाबाट उनको नाममा पक्राउ पुर्जी जारी भएको हो ।

धनुषा अदालतका सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले सिरोहियालाई नागरिकता सम्बन्धी मुद्दामा पक्राउ गर्न प्रहरीलाई अनुमति दिइएको जानकारी दिए ।

सिरोहियाविरुद्ध दुईवटा नागरिकता विभिन्न संस्थामा पेश भएको र नागरिकता नम्बर पनि नक्कली रहेको तथा अर्कोसँग मिलेको आरोप छ । सर्लाहीका इन्द्रजीत महतोले सिरोहियाविरुद्ध धनुषा जिल्ला प्रहरी कार्यालयमा नागरिकता कीर्ते रहेको भन्दै उजुरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्