Logo
Logo

कांग्रेसको नाराबाजीकै बीच राष्ट्रपतिलाई दिने धन्यवाद प्रस्ताव पारित


252
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधकाबीच राष्ट्रपतिलाई धन्यवादको प्रस्ताव पारित भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा अवरोधका बिच राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवादको प्रस्ताव पारित भएको हो ।

त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले संघीय संसदको बैठकमा पेश गरेको सम्बोधनको प्रति बैठकमा टेबल गरेका छन् ।

आजकै बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरणसम्बन्धी अध्यादेश पनि प्रतिनिधिसभा बैठकमा पेश गरेका छन् । त्यसैगरी गृहमन्त्री रवि लामिछानेले पेश गरेको राजनीतिक दलसम्बन्धी संशोधन विधेयक पनि फिर्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस्