Logo
Logo

प्रतिनिधिसभा बैठक ११ गतेसम्मका लागि स्थगित


567
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । कांग्रेसको नाराबाजीबीच राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव र राजनीतिक दलसम्बन्धी संशोधन विधेयक फिर्ता लिने प्रस्ताव पारित भएपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।

अब अर्को बैठक जेठ ११ गते बिहान ११ बजे बस्नेछ । कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै निरन्तर सदन अवरोध गर्दै आइरहेको छ । समिति बनाउन सरकार तयार भए पनि टिओआरमा अझै कुरा मिल्न नसक्दा संसदमा कांग्रेसले अवरोध कायमै राखेको हो ।

प्रतिक्रिया दिनुहोस्