Logo
Logo

सिरहाका सिडियो नै चुरे दोहोनमा


630
Shares

काठमाडौं । सिराहाका प्रमुख जिल्ला अधिकारीले वासुदेव दाहाल क्रसर उद्योगीहरूको सहयोगी बनेका छन् । चुरे संरक्षित तथा वन क्षेत्रमा चाइना रेल्वे नम्बर इन्जिनियरिङ ग्रुपलाई उत्खनन्मा उनी सहयोगी बनेका हुन् । जिल्लाको शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी बोकेका दाहाल आफै प्राकृतिक स्रोत साधनको दोहन गर्ने कम्पनीको सहयोगी बनेका छन् ।

चुरे क्षेत्रको उत्खनन्मा चाइना कम्पनीलाई आवश्यक सुरक्षा प्रदान गरेर सहयोग गरेको स्रोतको दाबी छ । सिराहाको लहान नगरपालिका–१५ स्थित चुरे संरक्षित क्षेत्रको खुट्टी खोलामा तीन महिनासम्म रोकिएको अवैध दोहन सेटिङ मिलाएर चाइना रेल्वे नम्बर इन्जिनियरिङ ग्रुप कम्पनीले सुरु गरेको छ ।
प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल जिल्लामा हाजिर भए लगत्तै खुट्टी खोलामा भइरहेको अवैध दोहनमा माघको अन्तिम साता रोक लागेको थियो । शुरुमा केहीदिन रोक लगाएका दाहालले पछि खुलाएर संरक्षण गरेका छन् ।

‘केही दिन बन्द रहेको अवैध उत्खनन् पुनः सेटिङ मिलाएर तीव्र पारिएकोे छ’, स्रोतले भन्यो । पछिल्लो समय नगरपालिकाको संरक्षणमा जिल्ला समन्वय समिति, वन र स्थानीय प्रशासनसँग सेटिङ मिलाएर चुरे संरक्षित तथा वन क्षेत्रमा चाइना रेल्वे नम्बर इन्जिनियरिङ ग्रुप कम्पनीले अवैध दोहन गर्दै आइरहेको भएपनि जिल्ला प्रशासन कार्यालयले केही गरेको छैन ।

स्रोतका अनुसार खुट्टी खोलाको उत्तरमा चुरे पर्वत तथा पूर्व टाँसिएर झवाई खोल्सी चुरिया डाँडा सामुदायिक वन छ । चुरे र सामुदायिक वन टाँसिएरै चाइना रेल्वे नम्बर–२ इन्जिनियरिङ ग्रुप कम्पनीले गत चैत २८ गतेदेखि तीन वटा एक्स्काभेटरमार्फत खोला खन्दै आएको छ ।

लहान नगरपालिका–१५ स्थित खुट्टी खोलामा पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको कमलादेखि सप्तरीको कञ्चनपुरसम्म चार लेन राजमार्ग निर्माणको काम गरिरहेको यस कम्पनीले नगरपालिका, वन, प्रहरी प्रशासन र जिल्ला समन्वय समितिसँग सेटिङ मिलाएर तीन वर्षदेखि अवैध दोहन गर्दै आएको स्रोतको दाबी छ ।

सम्झौतामा एक्स्काभेटरबाट खोला खन्ने उल्लेख छैन । तर, यस कम्पनीले सेटिङमा एक्स्काभेटरमार्फत खोला खन्दै आएको छ ।

यस खोलाको चुरे संरक्षित क्षेत्र तथा वन क्षेत्रमा आइइई बेगर उत्खनन गर्दै आएको पाइएको छ । स्थानीयहरू सुरुवातदेखि नै अवैध उत्खननको विरोध गर्दै आएका भएपनि जिल्ला प्रशासन कार्यालय सिराहले सुनेको छैन । ‘दाहाल प्रमुख जिल्ला अधिकारी भएर आएपछि धेरै गुनासो गरियो तर उहाँले खास वास्ता गर्नुभएन’, एक स्थानीयले भने । नगरपालिकाको संरक्षणमा चाइना कम्पनीले विनाश लिला मच्चाएको क्षेत्र सरकारले घोषणा गरेको चुरे संरक्षित क्षेत्र हो ।

यस क्षेत्रमा एक्स्काभेटरमार्फत गहिरो खाल्डो बनाएर उत्खनन भइरहँदा नियामक निकाय मूकदर्शक बन्दै आएको पनि स्थानीय जनताले गुनासो गरेका छन् । नगरपालिकाले चाइना रेल्वे कम्पनीसँग सम्झौता गरे पनि उत्खनन स्थल तोकेको छैन । ‘नगरपालिकाले स्थान नतोकेपछि जिल्ला प्रशासनको टिम आएर उनलाई छुट दिइएको थियो’, स्रोतले भन्यो ।

अवैध उत्खनन भएको थाह पाएपछि पछिल्लो पटक सिराह पुगेका एसपी सन्तोष आचार्यले रोकेका थिए । तर सिडियो दाहालले गृहमन्त्रालयका सचिवलाई विषयवस्तु भन्दा बाहिरको कुरा लगाएर ७० दिनमा सरुवा गराईदिए । साथै अहिले अनुकुलको एसपी रमेश पण्डितलाई पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्