Logo
Logo

राजनीतिक दलसम्बन्धी विधेयक तिनिधिसभाबाट फिर्ता


630
Shares

काठमाडौं । प्रतिनिधिसभाबाट ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८०’ फिर्ता भएको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले उक्त विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त प्रस्ताव प्रतिनिधिसभाको बहुमतबाट स्वीकृत भएको सभामुख देवराज घिमिरेले घोषणा गरे। सभामुख घिमिरेले उक्त प्रस्तावमाथि विरोधको सूचना भए पेस गर्न आग्रह गरेका थिए । सांसदबाट विरोधको कुनै सूचना नपरेको भन्दै सभामुखले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेका थिए ।

यही जेठ ३ गतेको मन्त्रिपरिषद् बैठकले संसद्मा पेस भएको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० लाई फिर्ता लिने निर्णय गरेको थियो। प्रतिनिधिसभाको अर्को बैठक यही जेठ ११ गते बिहान ११ बजे बस्नेछ।

प्रतिक्रिया दिनुहोस्