Logo
Logo

शिक्षामन्त्रीको सम्पत्ति: डेढ १ करोड ५२ लाख बैंक ब्यालेन्स


567
Shares

काठमाडौँ । शिक्षामन्त्री सुमना श्रेष्ठले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

सार्वजनिक गरिएको सम्पत्ति विवरण अनुसार उनको नाममा कुनै घर नभए पनि काभ्रे जिल्लाको रियालेमा ९ लाख ९४ हजारमा खरिद गरेको उल्लेख गरेका छन् ।

आफ्नो नाममा एनआईसी एसिया बैंक र एभरेस्ट बैंकमा १ करोड ५२ लाख रकम मौज्दात रहेको जनाएका छन् । दुवै स्रोत उनले पारिश्रमिक रहेको जिकिर गरेका छन् ।

बिहे र हजुरआमाको शेषपछि प्राप्त ११ तोला सुन, बिहेका बेला उपहार पाएको १०० तोला चाँदी र १–१ सेट हिराको हार र हिराको टप रहेको उल्लेख गरेका छन् ।

उनले नबिल बैंकसहित विभिन्न कम्पनीको सेयर रहेको पनि खुलाएका छन् । सवारी साधनका रूपमा एउटा स्कुटर र २० लाख रुपैयाँमा खरिद गरेको ईभी गाडी रहेको उनले विवरणमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्