Logo
Logo

वनमन्त्रीसँग ९ वटा घर र १२ बोरको राइफल बन्दुक


378
Shares

काठमाडौं । वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीले आफ्नो सम्पत्ति विवरणमा हातहतियारको विवरण समेत सार्वजनिक गरेका छन् ।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्दा जसपाका नेता समेत रहेका सुडीले आफूसँग १२ बोरको राइफल बन्दुक रहेको उल्लेख गरेका छन् ।

सुडीको ९ वटा घर छन्, ५ वटा घर श्रीमती साबित्री देवी साह सुडीको नाममा छ भने ३ वटा मन्त्री सुडीको आफ्नै नाममा छ । एउटा घर शैलेशकुमार साहको एउटा घरमा छ । मन्त्री सुडी र उनको परिवारको नाममा १५ ठाउँमा जग्गा छ ।

श्रीमती सुडीसँग ५६ तोला सुन र ६५० ग्राम चाँदी छ । यो सबै विवाह गर्दा ससुराली र बुबा आमाबाट उपहारस्वरुप प्राप्त भएको विवरणमा उल्लेख छ ।

सुमित कुमारसँग ३५ तोला सुन, माधवी भारतीसँग २२ तोला सुन, शालिनी देवीसँग १७ तोला र मंजु साहसँग २८ तोला सुन छ ।

मन्त्री सुडीको विभिन्न बैंकमा ४० लाख भन्दा बढी नगद मौज्दात पनि छ । परिवारका अन्य सदस्उयका नाममा पनि बैंक मौज्दात छन् ।

जानकी फन पार्र्कमा मञ्जु साहको नाममा १ करोड २५ लाखको सेयर पनि छ ।

प्रतिक्रिया दिनुहोस्