Logo
Logo

सिरोहियालाई आज अदालत पेश गरिँदै


882
Shares

जनकपुरधाम । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज अदालत पेश गरिँदैछ । नागरिकता प्रकरणमा छानविनका लागि मंगलबार साँझ काठमाडौंको थापाथलीस्थित कान्तिपुरको कार्यकक्षबाटै पक्राउ गरिएका उनलाई मंगलबार नै प्रहरीले जनकपुरधाम ल्याएका थिए ।

अध्यक्ष सिरोहियालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो । पक्राउ गरेलगत्तै प्रहरीले उनलाई धनुषा ल्याएको हो । उनलाई बुधबार बिहान जिल्ला प्रहरी कार्यालय ल्याएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । उनले भने, ‘उहाँलाई आजै अदालतमा पेश गर्छौं ।’

अध्यक्ष सिरोहियाले फरक–फरक नागरिकता विवरण विभिन्न निकायमा पेश गरेको आरोपमा उनीमाथि छानविन गर्न जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी परेको थियो । धनुषा जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । अध्यक्ष सिरोहिया फक्राउको विभिन्न मिडिया सम्बन्धी संघस्संस्थाहरुले विरोध जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्