Logo
Logo

काभ्रेमा दम्पती मृत अवस्थामा भेटिए, हत्याको आशंका


630
Shares

बनेपा । काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका वडा नम्बर–४ स्थित ३ फुट्टेमा एक दम्पती मृत अवस्थामा भेटिएका छन् ।
बुधबार बिहान ६० वर्षीय मानबहादुर बल र उनकी पत्नी ५० बर्सिया केकाइमाया बल मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।

उनीहरूको हत्या भएको आशंका गरिएको छ । डीएसपी श्रेष्ठका अनुसार उनीहरुको हत्या गरिएको आशंकामा तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान थालिएको छ । उनले भने, ‘प्रारम्भिक अनुसन्धानमा उनीहरुको हत्या गरिएको जस्तो देखिन्छ । थप अनुसन्धानपछि मात्र यकिन थाहा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्