Logo
Logo

वडाध्यक्षमाथि कार्यकक्षमै त्रिशूल प्रहार, युवक पक्राउ


882
Shares

काठमाडौं । दाङको राजपुर गाउँपालिका–५ का वडाध्यक्षमाथि कार्यकक्षमै त्रिशुल प्रहार भएको छ । वडाध्यक्ष टंकबहादुर विष्टमाथि मंगलबार साँझ आफूलाई मन्दिरको पूजारी दाबी गर्ने स्थानीय २० वर्षीय विजय नेपालीले कार्यकक्षमै पुगेर त्रिशूल प्रहार गरेका हुन् ।

त्रिशूल प्रहारबाट गम्भीर घाइते भएका वडाध्यलाई घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयूमा राखेर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्तासमेत रहेका डीएसपी जनकबहादुर मल्लले जानकारी दिए ।

त्रिशूल प्रहार गर्ने नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । वडाध्यक्षमाथि त्रिशूल प्रहार गर्ने राजपुर–६ खयरभट्टीका २० वर्षीय नेपाली स्थानीय बाबकुटी जंगलमा बस्दै आएका अनुसन्धानका क्रममा खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्