Logo
Logo

कैलाश सिरोहियालाई अदालतमा उपस्थित गराइयो


1.1k
Shares

काठमाडौं । प्रहरी नियन्त्रणमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषामा उपस्थित गराइएको छ ।

मङ्गलबार काठमडौंस्थित कान्तिपुरको कार्यालयबाटै पक्राउ परेका धनुषा ल्याइएकासिरोहियालाई प्रहरीले केहीबेर अघि जिल्ला अदालत धनुषामा पेश गरेको हो । आवश्यक सम्पूर्ण कागजात तयार पारी अदालत लगिएको प्रहरीको भनाइ छ ।

अदालतले उनीमाथि थप अनुसन्धानका लागि म्याद थप गर्ने वा थुनामुक्त गरी तारिखमा राखेर अनुसन्धान अघि बढाउने भन्नेबारे आदेश गर्नेछ ।

मङ्गलवार जिल्ला अदालत धनुषाले सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि धनुषा प्रहरीको अनुरोधमा उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंको टोलीले कार्यालयबाटै पक्राउ गरेको थियो ।

सिरोहियाले नागरिकता किर्ते गरेको आरोप लागेको छ । उनले जिल्ला प्रशासन कार्यालय धनुषाबाट लिएको नागरिकताको नम्बर अर्को व्यक्तिको नागरिकता नम्बरसँग मिलेको भन्दै गत वैशाख १६ गते उनीविरुद्ध धनुषा प्रहरीमा निवेदन परेको थियो ।

प्रतिक्रिया दिनुहोस्