Logo
Logo

सिरोहिया पक्राउबारे प्रधानमन्त्रीको प्रतिक्रिया- बढी हल्ला गर्नु आवश्यक छैन


504
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ प्रकरणमा बढ्ता होहल्ला गर्न आवश्यक नरेहेको बताएका छन् ।

‘हिमाल, मानिस र जलवायुसम्बन्धी विज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’ कार्यक्रमको उद्घाटनपछि पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले सिरोहिया नागरिकता कीर्तेसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ परेको बताएका हुन् ।

साथै उनले पक्राउ परेका सिरोहियाको मुद्दा अदालती प्रक्रियाबाट टुंग्गो लाग्ने बताए । ‘अदालतले प्रक्रिया अगाडि बढाउन भनेपछि अदालतबाट प्रक्रिया थालिएको मैले बुझेको छु । बढ्ता हो–होल्ला गर्नु आवश्यक छैन,’ उनले भने ।

सरकारले सिरोहियासँग रिसइबी साँधेको भन्ने हल्ला गलत भएको बताए । उनले भने, ‘त्यो गलत कुरा हो । उहाँसँग के–को रिसइबी ? ।’

प्रतिक्रिया दिनुहोस्